spot_img
spot_img
spot_img

उडिरहेको विमानभित्र महिलामाथि पिसाब फेरिदिने व्यक्तिलाई प्रहरीले कारवाही गर्ने

spot_img

एजेन्सी । एयर इन्डियाको विमानभित्र वृद्धामाथि पिसाब फेरिदिने व्यक्तिलाई दिल्ली प्रहरीले कारबाही गर्ने भएको छ । दिल्ली प्रहरीले बिहीबार दिएको जानकारीमा एयर इन्डियाको विमानमा एक महिलामाथि पिसाब फेरिदिने व्यक्तिलाई छिट्टै पक्राउ गरिने बताइएको छ। दिल्ली पुलिसले भन्यो, ‘आरोपी मुम्बईको बासिन्दा हुन्, तर उनको हालको लोकेशन अर्को राज्यको आइरहेको छ र पुलिस त्यहाँ पुगेको छ । हामी छिट्टै आरोपीलाई पक्राउ गर्नेछौं।’ प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गर्न टोली गठन गरेको जनाएको छ । गत वर्ष नोभेम्बरमा अमेरिकाको न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक पुरुषले एक महिलामाथि पिसाब गरेको आरोप छ। पुलिसले मुद्दा दर्ता गरेको छ ।

पीडित र अभियुक्त दुवै दिल्ली बाहिरका बासिन्दा हुन। एयर इन्डियाले आरोपितलाई ३० दिनका लागि प्रतिबन्ध लगाएको जनाएको छ । उनका अनुसार यसविरुद्ध कडा कारबाही हुन सक्दैन । एयर इन्डियाका प्रवक्ताले भने, ‘एयर इन्डियाले यो विषयलाई गम्भीरताका साथ लिएको छ, यस सम्बन्धमा उजुरी दर्ता गरिएको छ । पीडित यात्रुलाई न्याय दिलाउनका लागि एयर इन्डिया कानुनी एजेन्सीहरूलाई सहयोग गर्न प्रतिबद्ध छ।’ यसका साथै महिला आयोगले दिल्ली प्रहरी आयुक्तसँग सात दिनभित्र विस्तृत रिपोर्ट पनि मागेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img