spot_img
spot_img
spot_img

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

spot_img

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । मधेष प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न भनिएको छ । मधेस प्रदेश सभामा एक सय सात जना सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img