रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिवेशनको प्रथम बैठक सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा सम्पन्न नगरसभाले नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ। बैठकले आर्थिक ऎनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप, बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिवेदन लगायतका निर्णयहरु भएका छन।
नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप, बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ ।
नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य, नगरसभाका सदस्यहरुले राखेका भनाई र नगरको प्रशासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आवश्यक सहजीकरण गरेका थिए।