कञ्चन//
रुद्रपुर युवा क्लवको आयोजनामा सञ्चालित फुटबल प्रतियोगिताको दोश्रो दिन भएको खेलमा फर्साटिकर एफसी र चाँदनी एफसी विजयी भएका छन। माघी पर्व तथा क्लवको ५ औं बार्षिक उत्सवको अवसरमा जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको दोश्रो दिन फर्साटिकर एफसी र कञ्चन ११ ओ आर जी बिच भएको पहिलो खेलमा फर्साटिकर एफसी २१ अंकले विजयी र्भ दोश्रो चरणको प्रवेश गरेको छ। यस्तै चाँदनी एफ।सी र सिद्धार्थ एफ।सी बिच भएको दोश्रो खेलमा ३० अंकले विजयी भई चाँदनी एफसी पनि दोश्रो चरणमा प्रबेश गरेको आयोजक क्लवका लक्षमण क्षेत्रीले जानकारी दिनुभएको छ।
रुपन्देहीका १२ फुटवल क्लवले सहभागित जनाएको प्रतियोगितामा विजेता हुने टिमले १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगिता शनिवार पुस २३ गतेबाट शुरु भएको हो भने खेल रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदानमा भइरहेको छ। फर्साटिकर एफसी र कञ्चन ११ ओ आर जी बिच भएको खेलमा फर्साटिकरका अवतार थापा म्यान अफ दि प्लेयर भएका छन भने सिद्धार्थ एफसी र चाँदनी एफसी बिच भएको खेलमा चाँदनीका गोल रक्षक मनोज थापा म्यान अफ दि प्लेयर भएका छन।
प्रतियोगिताको तेश्रो दिन सोमवार विश्व शान्ती एफसी र राजेश आस्था तथा मुर्गिया एफसी र गौतम बुद्ध एफसी बिच प्रतिस्पर्धा हुने आयोजक क्लवका सचिव लक्षमण क्षेत्रीले जानकारी दिनु भएको छ। खेल दिउस १२ बजेबाट शुरु हुने छ।