spot_img
spot_img
spot_img

ओस्कार अवार्डका लागि सर्टलिस्ट भएको छैन ‘द कश्मिर फाइल्स’

spot_img

एजेन्सी //

ओस्कार २०२३ मा द कश्मिर फाइल्स शर्टलिस्ट भएको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएका थिए । द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले ट्वीट गरेपछि यस्तो समाचार बाहिरिएको थियो तर यो खबर गलत भएको एक भारतीय सञ्चार माध्यमले बताएको छ । उक्त सञ्चार माध्यमले ओस्कारकै साइटमा गरेर जानकारी बटुलेको छ ।
तर वास्तवमा के हो भने ओस्कर २०२३ मा हालसम्म द कश्मिर फाइल्स सर्टलिस्ट भएको छैन । यद्यपि, फिल्म प्रतिस्पर्धामा भने छ । ओस्कार २०२३ मा अघि बढ्नका लागि लायक भएको हो तर योभन्दा बढी कुनै उपलब्धि हासिल भने भएको छैन । ९ जनवरी २०२३ मा एकेडेमी अवार्डका लागि योग्य ३०१ फिल्मको कन्टेन्सन लिस्ट निकालिएको थियो। यो सूचीमा कांतारा, द कश्मिर फाइल्सको नाम समावेश थियो ।

पत्रकार सम्मेलनमा कतै पनि लेखिएको छैन कि यी फिल्म शर्टलिस्ट छन् । यी सबै फिल्मको भोटिङ प्रोसेस पछि रिफर गरिनेछ । यहाँ स्पष्ट लेखिएको छ कि यो एलिजिबिलिटी लिस्ट हो अर्थात् यी फिल्मले ओस्कारका सबै मापदण्डलाई पूरा गरेर अगाडि बढ्ने योग्यता राख्छ । ओस्कारको रेसमा यसका नाम छन् । तर यी फिल्म पछि शर्टलिस्ट हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img