spot_img
spot_img
spot_img

देवदहमा ‘7-A साइड’ फुटबल प्रतियोगिता हुँदै

spot_img

देवदह // खिचडी महोत्सव विशेष फुटवल समितिले पुस २८ गते “7-A साइड” फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। हिन्दुहरुको महान चाड माघेसंक्रान्ती एवम् खिचडी महोत्सवको अवसर पारि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता देवदह ४ स्थित विजयपुर खलमैदानमा हुनेछ।

प्रतियोगिताको लागि पुस २७ गते सम्म टिम दर्ता गराईसक्नु पर्ने छ। प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई १० हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजक समितिले टिम दर्ता शुल्क २ हजार तोकेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img