spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

spot_img

बुटवल //

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ। उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गिरी सातवटा दल र तीनजना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको छ ।

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश र खुसी जनताको नारालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अबको समय राजनीतिक स्तरबाट नागरिकको जीवनस्तरमा परिवर्तन गर्ने रहेको बताउनुभयो । गिरी गएको मङ्सिर ४ गतेको चुनावमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ ९क० बाट निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img