spot_img
spot_img
spot_img

मौरीमा फैलिने रोग नियन्त्रणका लागि विश्वमै पहिलो पटक खोप बन्यो

spot_img

एजेन्सी //
मौरीमा फैलिने रोग नियन्त्रणका लागि विश्वमै पहिलो पटक खोप बनेको छ । मौरीका लार्भालाई आक्रमण गरी गोलोलाई कमजोर बनाउने अमेरिकन फाउलब्रुड नामको ब्याक्टेरियाबाट लाग्ने रोगबाट बचाउन खोप बनेको बीबीसीले जनाएको छ । खोप प्रयोगका लागि अमेरिकाको कृषि मन्त्रालय, यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले स्वीकृति दिएको छ । वनस्पतिहरूमा परागसेचन गराउने हुनाले पारिस्थितिक पर्यावरण प्रणालीमा मौरीको महत्त्वपूर्ण भूमिका हुन्छ ।

यो खोपबाट रानी मौरीलाई खुवाइने शाही खुराकमा निष्क्रिय ब्याक्टेरिया हालिन्छ । यसले गर्दा रानी मौरीले फुलबाट निस्किने लार्भामा ब्याक्टेरियाविरुद्ध प्रतिरोध क्षमता विकसित हुने अमेरिकाको कृषि मन्त्रालयले जनाएको छ । यो खोपमा मेरिकन फाउलबर्ड रोग गराउने सूक्ष्म जीवलाई निष्क्रिय अवस्थामा राखिएको छ ।

अहिले मौरीमा यो रोग लागेको छ भने सङ्क्रमित घार पूरै जलाउनुको साथै नजिकै रहेका अरू वस्तु र घारमा एन्टिबायोटिक छरेर उपचार गरिन्छ । यसको अहिलेसम्म कुनै उपचार छैन । मौरीको खोप यही वर्ष नै किनबेचका लागि तयार हुन हुने बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img