रवि प्रकाश कसौधन//
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन।
कार्यक्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया, अजय थापा, प्रमोद मिश्र, तथा कनिज फातिमा, इदरीस मुसलमान, राजेन्द्र अधिकारी, जानकी यादव, कृष्ण पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता, राप्रपा कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ता लगायतको उपस्थिति थियो।
राष्ट्रीय प्रजातन्त्र पार्टी, कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता तथा राष्ट्रीय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला सचिव प्रेम शंकर शुक्लाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।