कञ्चन//
रुद्रपुर युवा क्लव, कञ्चन ४, रुपन्देहीको पाचौं बार्षिक उत्सव तथा माघी पर्वको अवसरमा आयोजित जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिन एक खेल भएको छ। बुधवार भएको विश्वशान्ती एफसी र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र बिच भएको क्वाटर फाइनल खेलमा विश्वशान्ती विजयी भएको छ।
गत पुस २३ गतेवाट जारी प्रतियोगिताको पाचौं दिन विश्व शान्ती एफ।सी र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र बिच भएको क्वाटर फाइनल खेलमा विश्वशान्तीले गौतमबुद्धलाई २(१ गोल अन्तरले पराजित गरी विश्वशान्ती सेमाीफाइनलमा प्रवेश गरेको छ।
रुद्रपुर माध्यमिक विद्यालयको खेलमैदनामा भएको प्रतियोगितामा रुपन्देहीका १२ फुटवल टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता हुने टिमले १ लखा १ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले ५१ हजार १ सय ११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने अयोजकले जनाएको छ। माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत विश्व शान्ती एफ।सी र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र बिच भएको क्वाटर फाइनल खेलमा विश्वशान्तीका विमल राना म्यान अफ दि म्याच भएका छन।
भोली पुस २८ गते फर्साटिकर एफ सी र देवदह व्यायज विच पहिलो सेमीफाइनल हुने रुद्रपुर युवा क्लवका लक्षमण क्षेत्रीले जानकारी दिनुभएको छ।