लागुऔषध मुद्दामा कैद फैसला भई आठ वर्षसम्म फरार रहेका २ व्यक्ति रुपन्देहीको कञ्चन गाँउपालिकाबाट पक्राउ परेका छन । लागुऔषध ब्राउन सुगर मुद्दामा ०७१ सालमा कैद फैसला आठ वर्षदेखि फरार रहेका ति दुई फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले साविक गजेडी गाविस वडा नं ४, हालको कञ्चन गाँउपालिका वडा नं २ बाट पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कञ्चन २ का ३४ बर्षिय विष्णु भन्ने विष्णुदेव थारु र ३७ बर्षिय दिनेश थारु रहेको प्रहरीले जनाएको छ ।
२०७१ साउन ३० गते सिद्धार्थनगर १ बेलहियास्थित भारतबाट नेपालतर्फ आउने सडकमा रेनकोट लगाएर नेपालतर्फ भित्रिरहेका उनीहरुमाथी शंका लागी प्रहरीले चेकजाँच गर्दा ३ पुरिया ब्राउन सुगर फेला परेको थियो । भारत सुनौलीको समिर मेडिकलबाट रु.२४०० रुपैयाँमा ३ पुरिया ब्राउन सुगर किनि नेपालतर्फ ल्याउँदै गरेको खुलेपश्चात तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध मुद्दा दर्ता गरी मुद्दा चलाएको थियो ।लागुऔषध मुद्दा चलाईएकोमा जिल्ला अदालत रुपन्देहीको थुनछेक बहसको आदेशले उनीहरु रु.३० हजार धरौटिमा रिहा भएका थिए । ८ वर्ष कैद ठहर भएपछि लुकिछिपी बस्दै आएका विष्णुदेव र दिनेशलाई घरमै पक्राउ गरी आजै कारागार चलान गरिएको रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
लागुऔषध मुद्दामा फरार रहेका २ व्यक्ति ८ वर्षपछि कञ्चनबाट पक्राउ
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??