लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज शपथ लिनुभएको छ । गिरीले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहणपछि लुम्बिनीमा सानो मन्त्रिपरिषद् पनि गठन भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ।
एमालेको तर्फबाट मुख्यमन्त्री बनेका गिरीलाई सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थन रहेको छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । लुम्बिनीमा माओवादी र एमालेले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्धारा शपथ ग्रहण, सानो मन्त्रिपरिषद पनि गठन
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??