कञ्चन
रुपन्देहीको कञ्चनमा जारी जिल्लास्तरिय नकआउट फुटवल प्रतियोगिताको हिजो भएको पहिलो सेमीफाइनल खेलमा देवदह व्यायज फाइनलमा प्रबेश गरेको छ। फर्साटिकर एफसी र देवदह व्यायज बिच भएको सेमीफाइनल खेलमा देवदहले फर्साटिकरलाई ३/० गोल अन्तरले पराजित गरी देबदह फाइनलमा प्रबेश गर्न सफल भएको हो।
बिहिवार भएको प्रतिस्पर्धामा देवदहले फर्साटिकरबिरुद्ध निरन्तर ३ गोल गरेर आफुलाई अग्रता कायम गरेपछि फर्साटिकर निरास बनेको थियो। पर्साटिकरले देबदहले दिएको गोलको चुनौती चिर्ने मौका पटक पटक पाएपनि गोल गर्नबाट चुकेपछि सेमीफाइनल खेलमा गोल विहिन भएर फर्साटिक घर फिर्ता हुन बाध्य भएको छ।
आज भएको खेलमा देवदहका सुरज थारु म्यान अफ द म्याच हुन सफल भएका छन। प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले ५१ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। रुपन्देहीका १२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता माघ १ गते सम्म रुद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।




