लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा दिएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी गराएको हो । आज बसेको बैठकले माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्तीरमाघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी तोकिएको छ ।
सचिव धमलाका अनुसार माघी महोत्सवका अवसरमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १,१ वटा गुरूङ र नेवार झाँकी प्रदर्शन गर्नेलाई २० हजार रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराउने निर्णय भएको छ। साथै प्रदेश सरकारले माघ गते योग दिवस र २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय गरेको छ।




