काठमाडौँ//
बलिउड अभिनेत्री मलाइका अरोडा स्वदेश फिर्ता भएकी छिन । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार साँझ आयोजना गरेको फेसन शोमा सहभागी जनाउन सोही दिन नेपाल आएकी उनी आज मध्यान्न १२ बजे स्वदेश फर्किएकी हुन् ।
फेसन शो मलाईका ‘शो स्टपर’को रुपमा नेपाली गहना र पहिरन लगाएर र्याम्प वक गरेकी थिइन् । उनले नेपाल आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी थिईन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??