spot_img
spot_img
spot_img

भारतले आजबाट नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज चलायो

spot_img

एजेन्सी//

भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्।

एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर यात्रा गर्नेछ। पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ।

यो पानीजहाजमा यात्रा गर्न दैनिक २५ देखि ५० हजार भारू तिर्नुपर्नेछ। त्यस हिसाबले ५१ दिनको यात्रा पूरा गर्न एक यात्रुले औसतमा २० लाख भारू तिर्नुपुर्ने हुन्छ। उक्त पानीजहाजको पहिलो यात्रामा अहिले स्विट्जरल्यान्ड ३२ जना पर्यटकहरू निस्किएका छन्। पानीजहाजमा ६२ मिटर लामो पानीजहाज १२ मिटर चौडा छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img