spot_img
spot_img
spot_img

नवलपरासीबाट ६३ लाख बढीको अवैध चिनी बरामद

spot_img

नवलपरासी//

नवलपरासीबाट ६३ लाख बढीको अवैध चिनी बरामद गरिएको छ । नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्ट्री फर्म (कुखुरा फर्म)बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ। सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं हेड क्वाटर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले पोल्ट्री फर्मबाट चिनी बरामद गरेको हो । करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले फर्मभित्र १६ सय बढी बोरामा चिनी लुकाएको अवस्थामा फेला पारेको हो ।

ठूलो परिणामको चिनी बरामदपछि चिनी लैजान ट्रकको आवश्यक परेपछि प्रहरीले बोलाएका ट्रकसमेत तस्करको धम्कीपछि फिर्ता भएका थिए। ट्रक नआएपछि सशस्त्र र नेपाल प्रहरीको पिकअप गाडीले आज बिहानसम्म चिनी प्रहरी कार्यालय पठाएको थियो । स्थानीय धर्मेन्द्र यादवको पाल्ही एग्रो फर्मबाट बरामद भएको चिनीको परिमाण ८४१ क्विण्टल (१६८३ बोरा) छ । ५० केजीको बोरा रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको डिएसपी भोजराज पाण्डेयले बताउनुभयो ।

चिनी बरामदपछि कुखुरा फर्मका सञ्चालक यादव भने फरार छन् । चिनी बरामद भएको स्थान सदरमुकाम परासीदेखि करिब ५ कि।मि।को दुरीमा छ । फर्मभित्र अवैध सामान फेला परेपछि त्यसका सञ्चालक पनि कानुनी दायरामा आउने र थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img