spot_img
spot_img
spot_img

कञ्चनमा सञ्चालित क्याम्पमा १९ जनाले गरे स्थायी बन्ध्याकरण

spot_img

कञ्चन//
रुपन्देहीको कञ्चन गाउँपालिकामा १९ जनाले शनिबार स्थायी बन्ध्याकरण गरेका छन। पुस ३० गते शनिबार रुद्रपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्थायी बन्ध्याकरण क्याम्पमा ६ जना पुरुषा र १३ जना महिलाले बन्ध्याकरण गरेका हुन। स्वास्थ्य कार्यालय, रुपन्देहीको आयोजना तथा मेरी स्टोप्सको प्राविधिक सहयोगमा १ दिने स्थायी वन्ध्याकरण क्याम्प सञ्चालन गरिएको थियो।

सन्तानको रहर पुगेका इच्छुक पुरुष तथा महिलाहरुका लागि स्थायी बन्ध्याकरण क्याप्मा १३ जना महिलाहरुले स्थायी बन्ध्याकरणको रुपमा मिनिल्याब र ६ जना पुरुषले भ्यासेक्टोमी गरेको कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभयो।

कञ्चन गाउँपालिकाको स्थानीय व्यवस्थापन रहेको क्याम्प सञ्चालन गर्नको लागि सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, जनप्रतिनीधि, कर्मचारी, विभिन्न सञ्चार माध्यम र स्थानीय सरकारी तथा गैरसकारी संघसंस्थाहरु मार्फत प्रचार प्रसार गरिएको रुद्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज विमला पाण्डेले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img