spot_img
spot_img
spot_img

विमान दुर्घटनाप्रति मदरसा बोर्डका उपाध्यक्षद्वारा दुख व्यक्त

spot_img

कपिलवस्तु//
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
आइतवार भएको विमान दुर्घटनामा परि मृतकहरुको परिवार प्रति हार्दिक सम्वेदना प्रकट गर्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले दुख व्यक्त गरेका छन।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको कुरा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दहालको सह्रानीय कदम रहेको समेत उपाध्यक्ष मशहूद खांले बताए ।

जाबेद आलम खां, तोफेल खां, असरफ खान, शैख जैस मक्की लगायतले मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई ईश्वरले धैर्य धारण गर्ने क्षमता प्रदान गरून भन्ने कामनाका साथ सम्पूर्ण देशवासीका लागि दुखद घटना रहेको बताएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img