पोखरामा जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं लगिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको जान्कारी गराएको छ ।
उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ। शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??