कञ्चन//
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ९ सोनवरसीमा भोली बुधवार माघी महोत्सव हुने भएको छ। खुदावगर सामुदायिक बिकास केन्द्र, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं। ९ रुपन्देहीको आयोजनामा सोे महोत्सव हुने भएको हो। थारु ससुदायको लवा बर्ष ९नया बर्ष०को अवसरमा आयोजना हुने महोत्सवमा थारु संस्कृति र परमपरासंग सम्बन्धित बिभिन्न साँस्कृतिक झांकी तथा नृत्य प्रदर्शन हुने आयोजकले जनाएको छ। भोली हुने माघी महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि महोत्सव सञ्चालन समिति समेत गठन गरिएको खुदावगर सामुदायिक बिकास केन्द्रका संयोजक केशबनन्द चौधरीले जानकारी दिनुभएको छ।
उक्त समितिमा शिवनाथ चौधरी, इन्द्रपति थारु, महेन्द्र थारु, पल्टन थारु, लक्षमण थारु, प्रदिप थारु, बुद्धिमान थारु, केशव चौधरी सदस्य रहेको महोत्सव तयारी समितिका प्रचार संयोजक राज चौधरीले जानकारी दिनु भएको छ। लट्ठी नाच, मयुर नाच प्रदर्शन सहित राष्ट्रिय स्तरका कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ। भोली माघ ४ गते हुने महोत्सवको अवलोकनका लागी सम्पुर्णलाई आमन्त्रण गरिएको महोत्सव संचालन समितिका संयोजक चौधरीले जानकारी दिनुभयो।