spot_img
spot_img
spot_img

दसौँ हजार इजरायली कथित अदालत सुधारको विरोधमा

spot_img

(एएफपी),तेलअविब//

इजरायलको नयाँ दक्षिणपन्थी गठबन्धन सरकारले न्यायपालिकामा सुधारको नाममा ल्याएका योजनाको दसौँ हजारले विरोध गरेका छन् । यहाँ भएको विरोध प्रदर्शनमा ८० हजारभन्दा बढीले भाग लिएका छन् । देशका प्रमुख सहरमा पनि जलुससहित विरोध प्रदर्शन भएका छन् ।
प्रस्तावित सुधारका योजनामा सर्वोच्च अदालतका निर्णयसमेत उल्टयाउने अधिकार संसद्लाई दिने प्रावधान समावेश गरिएपछि जनता सडकमा उत्रिएका हुन् । उनीहरूले प्रस्तावित परिवर्तनलाई लोकतान्त्रिक शासनमाथिको आक्रमणका रूपमा व्याख्या गरेका छन् । कट्टरपन्थी सरकार स्थापनाका निम्ति कथित सुधारको योजना अघि सारिएको आम जनताको अभिमत छ ।
राजधानी जेरुसेलमस्थित प्रधानमन्त्रीको निवास बाहिर र उत्तरी शहर हाइफामा पनि विरोध प्रदर्शन भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशको आर्थिक राजधानी तेलअविबमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप भएको थियो । राजनीतिक विश्लेषकहरूका अनुसार प्रस्तावित सुधारका योजनाले न्यायिक स्वतन्त्रतालाई सङ्कुचित पार्ने, आर्थिक अनियमितालाई बढावा दिने तथा न्यायप्रणालीको विश्वसनीयतामा आँच आउने बताएका छन् । उनीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनलाई ‘लज्जाहीन सरकार’ का रूपमा टिप्पणी गरेका छन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img