दाङ//
लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा नियमावली २०७९ बमोजिम सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाँण केसीलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराउनुभएको हो ।
मङ्गलवार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??