शुद्धोधन, रवि राना//
शुद्धोदन गाउँपालिकामा १० औं संस्करणको रुपमा फर्साटिकर कप नक आउट खुल्ला फुटवल प्रतियोगिता २०७९ यही माघ ६ गते देखि शुरु हुदैछ। फर्साटिकर युथ क्लव, शुद्धोदन ४, फर्साटिक रुपन्देहीको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले २ लाख ५५ हजार रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्नेछन। फर्साटिकर युथ क्लव, शुद्धोदन ४, फर्साटिक रुपन्देहीले मंगलवार फर्साटिकरमा गरेको पत्रकार सम्मेलन मार्फत क्लवका अध्यक्ष मुकेश कुवँरले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाउनु भएको छ।
पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिदै रुपन्देहीको सम्भवतः दोश्रो ठूलो राशी पुरस्कार रहेको प्रतियोगितामा रुपन्देही, पाल्पा, कपिलबस्तु र नवलपरासीका १६ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। फर्साटिकर माध्यमिक बिद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा उपविजेता टिमले १ लाख २५ हजार रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने क्लवका अध्यक्ष कुवँरले स्थानीय सञ्चारकर्मी तथा पत्रकारहरुलाई जानकारी दिनु भयो।
पत्रकार सम्मेलन मार्फत क्लवका खेल संयोजक बिष्णु पंगेनीले प्रतिायेगितामा सहभागी प्रतिस्पर्धी मध्ये अन्तिम ४ मा पुग्न सफल २ प्रतिस्पर्धी टिमले जनही १५१५ हजार रुपैया सान्त्वना पुरस्कार स्वरुप प्राप्त गर्ने जानकारी दिनु भएको छ। यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ११ हजार रुपैया प्राप्त गर्ने खेल संयोजक पंगेनीले जानकारी दिदै हरेक प्रतियोगिताका म्यान अफ दि म्याच लाई नगद २ हजार रुपैया प्राप्त गर्ने बताउनुभयो। प्रतिायेगिता सञ्चालनका लागि खेल मैदान देखि प्रतियोगिता सञ्चालनका लागि आवस्यक पुर्वाधार व्यबस्थापन र निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको समेत प्रचार संयोजक टेकु भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
माघ २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा फर्साटिकर एकेडेमी, नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपिपल, सुनौलो संगम देविनगर, झरना स्पोर्टस कुञ्जलापुर, जनज्योती युवा क्लव डिंगरनगर, सौभाग्य युवा क्लव, बर्दघाट नगरपालिका, पाल्पा ११, गोर्खा ब्वाइज बुटवल, भुपु सैनिक युवा क्लव जवई, कपिलबस्तु ११, २८ विगाह युवा क्लव नवलपुर, विश्व शान्ती युवा क्लव सालझण्डी, लिश्नु युवा क्लव कोटीहवा, सम्पुर्ण युवा क्लव सुपौली र फर्साटिकर युवा क्लवले प्रतिस्पर्धा गर्ने प्रचार संयोजक भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।