spot_img
spot_img
spot_img

रोहिणीमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ शुरु

spot_img

भैरहवा//
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ शुरु भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उदघाटन गर्दै रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतियोगिताका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष यादवले ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो भएकोले स्थानिय स्तरबाट नै खेलाडी उत्पादन गरी रोहिणीलाई नमुना गाउपालिकाको रुपमा स्थापित गर्ने आफनो लक्ष्य रहेको बताउनु भएको छ ।

यस्तै गरी रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बिर बहादुर क्षेत्रीले रोहिणी गाउपालिकाले खेलकुद क्षेत्रको बिकासका लागी बिभिन्न किसिमका खेलकुद प्रतियोगिता गर्दै आएको बताउनु भएको छ । रोहिणीका युवाहरुको लागी गाउपालिकाले महत्वपुर्ण अवसर प्रदान गरेकोले वडा नम्बर १ देखि सातवटै वडाका युवा खेलाडीहरुको प्रतिभाको पनि पहिचान गर्न सकिने बताउनु भएको छ । प्रतियोगिता उद्घाटनकै क्रममा रोहिणी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष करम खानले आगामी दिनमा पनि खेलकुद क्षेत्रको बिकासका लागी गाँउपालिकाले बिभिन्न किसिमका प्रतियोगिताहरु आयोजना गर्ने बताउनु भएको छ ।

यस क्षेत्रका युवाहरुको लागी गाउपालिकाले जुन अवसर दिएको छ त्यसको सहि ढंगले सदुपयोग गर्दै इमान्दारी पुर्वक खेल खेल्न आग्रह गर्दै वडा अध्यक्ष खानले प्रतियोगिताबाट खेलाडीहरुको छनोट गरी जिल्ला हुदै क्षेत्रिय, प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सहभागी गराउने उदेश्य रहेको समेत जानकारी दिनुभयो। उद्घाटन सत्रका दिन रोहिणी गाउपालिका वडा नम्बर १ र वडा नम्बर ३ बिच भएको पहिलो खेलमा वडा नम्बर १ ले ३ लाई हराउदै जितको शुरुवात गरेको हो।
माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेत टिमले नगद ६० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ३० हजार रुपैया सहित कप र मेड प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको अन्तिम ४ मा पुग्न सफल २ टिमले सान्त्वना स्वरुप जनही १५र१५ हजार रुपैया प्राप्त गर्नेछन । प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र गाउपालिकाका कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img