spot_img
spot_img
spot_img

नेपाल रेडक्रस सोसाइटी थामडाडा उपशाखाको अधिवेशन सम्पन्न

spot_img

गुल्मी//
नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका वडा नं। १ को सातौ थामडाडा उपशाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जीवन अर्यालको सभापतित्वमा ११ सदस्यीय नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका वडा नं १ थामडाडा उपशाखा कार्य समितिको पुर्न गठन गरेको छ । यस्तै अधिवेशनबाट उपसभापतिमा सावित्री श्रेष्ठ, सचिवमा भिमलाल घिमिरे, उपसचिवमा भिम पाण्डे, कोषाध्यक्षमा केशवराज घिमिरे र सह–कोषाध्यक्षमा बिष्णुदत्त खरेललाई सर्बसम्मत निर्वाचित गरेको छ । उपशाखाको सदस्यमा भोमा खरेल, इन्द्र बहादुर घर्ती, प्रेम बहादुर श्रीस, शंकर पाठक, रामराज घिमिरे निर्वाचित भएका छन ।

अधिवेशनको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मानव सेवामा समर्पित हुने स्वार्थरहित संस्था भएको बताउनुभयो। अधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले जहाँ आपत र विपद त्यहाँ रेडक्रस भन्ने मानविय सेवामा समर्पित संस्थाका सदस्यहरु स्वयमसेवी भावना भएको व्यीक्त हुने उल्लेख गर्नुभयो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका थामडाँडा उपशाखा पुर्व अध्यक्ष रामराज घिमिरेले स्थापना कालमा १० जना सदस्यबाट सुरु गरेको रेडक्रसमा हाल आएर ९५ जना सदस्य रहेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका उपशाखा समन्वय समिति संयोजक अध्यक्ष भुवन केसीले विपतमा राहत र सहयोग गर्ने संस्थाको रुपमा रेडक्रस स्थापना भएको जानकारी दिनुभयो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी गुल्मीका कोषाध्यक्ष ज्ञानहरी सापकोटाले रेडक्रस सोसाइटीले अप्ठ्यारो परिस्थितिमा परेकाहरुलाई सक्दो सहयोग गर्न तयार रहेको र रेडक्रस सोसाइटीले राम्रो काम गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य प्रतिमा केसी, वडा सदस्य विश्वध्वज खाती,नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरिञ्जीवी थापा, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेल,अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक ढाल बहादुर केसी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी मुसिकोट थामडाँडा उपशाखाका उपसभापति इन्द्र बहादुर घर्तीको सभापतित्व तथा उपशाखा संस्थाका कोषाध्यक्ष सावित्री श्रेष्ठको स्वागतमा समपन्न अधिवेशनमा उपशाखा कार्य समिति सदस्य भिमलाल घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img