spot_img
spot_img
spot_img

सियारीमा सुत्केरीलाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम

spot_img

सियारी//

रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो । बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गर्नुभएको छ ।

कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्धत गरेको बताउनुभयो । पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ । त्यसका साथै पालिकामा सस्थागत सुत्केरी गराएका आमाहरुलाई नगद रु १५०० पनि प्रदान गर्ने गरिएको पालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्युनिटि नर्सिङ निरिक्षक ललिता पुनले जानकारी दिनुभएको छ ।

उहाँले साउन यता सुत्केरी भएका आमाहरुलाई पोषण झोला र नगद प्रदान गरिएको बताउनुभयो। पालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, जन्म दर्ताको प्रमाण पत्र, गर्भवती जाँच गरिएको स्वास्थ्य सस्थाको कार्ड र बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ । सियारी गाउँपालिकाले हाल सम्म २ सय ७० जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरेको छ । यो कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img