spot_img
spot_img
spot_img

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्‍यो

spot_img

एजेन्सी//

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ ।

नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जना कोभिडका बिरामी उपचारपछि घर फर्केका छन् । नयाँदिल्लीमा फैलिएको कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मे को दोस्रो लहर सबैभन्दा सङ्क्रामक रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img