spot_img
spot_img
spot_img

ब्राउन सुगरसहित दाङबाट दुई जना पक्राउ

spot_img

दाङ//

दाङको घोराहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारतको उत्तरप्रदेश जिल्ला बहराइच चकियारोड रुपैडिहाका ५२ वर्षीय समसुल र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंगबहादुर शाही रहेका छन । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकबाट उनीहरूलाई मंगलबार दिउँसो गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो। उनीहरूको साथबाट ३७ ग्राम २९ मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी गौतमले जानकारी दिनुभएको छ। आावश्यक अनुसन्धान गरी मुद्धा अगाडी बढाईने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img