सैनामैना//
रुपन्देहीको सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा बुधवार देखि ३ दिने खेलकुद कार्यक्रम शुरु भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित शुरु भएको कार्यक्रममा क्रिकेट, फुटबल, विभिन्न इभेन्टका दौड प्रतियोगिता, सटपुट, ज्याभ्लिन थ्रो, म्युजिकल कुर्सी दौड, स्विट रेस, लङ जम्प, हाइ जम्प आदि खेलहरु खेलाइने विद्यालयका खेलकुद संयोजक मनिष पाण्डेले जानकारी दिनुभयो।
कक्षा नर्सरी देखि सात सम्मका विद्यार्थीहरुलाई अन्तर सदनात्मक तथा अन्तर कक्षा प्रतियोगिता सन्चालन गरि विद्यार्थीमा रहेको अन्तरनितिह क्षमताको पहिचान तथा अभिवृद्धि गर्नाका लागि यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताउदै विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको विद्यालयका प्रिन्सिपल सौगात भट्टराईले जानकारी गराउनुभयो। विद्यालयका हाउस क्याप्टेनहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरिएको थियो।