सैनामैना//
“हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ ११२ औं भड्छा महोत्सव तथा माघे औंसी मेला २०७९ को अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ। उक्त रत्तदान कार्यक्रममा ५१ जना रक्तदाताहरुले रक्तदान गरेका छन।
भड्छा गाउँ समाज, सैनामैना, रुपन्देहीको आयोजनामा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो। समाजका अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सैनामैना नगरपालिका वडा नं.८ को भड्छामा भएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??