कञ्चन//
अध्ययनका लागि युके पुगेका दिपक थापा माइथाने मगर यतिवेला म्युजिक भिडियोमा मोडलिङ्ग र गित संगितमा व्यस्त भइरहेका छन। १४ बर्ष अगाडी युके पुगेका थापाले आफ्नै शब्द तथा कोरियोग्राफी सहित अभिनय रहेको चुल्ठी हल्लाउदै नामको लोक आधुनिक म्युजिक भिडियो सार्वजनिक गरेका छन। अभिनयको १७औं म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको “चुल्ठी हल्लाउदै” बोलको शब्द दिपक थापा माइथाने मगर र गंगाराज राईको रहेको छ भने संगित गंगाराज राईले गरेका हुन। लोक आधुनिक शैलीमा रहेको म्युजिक भिडियोमा स्वयम माइथाने मगर र मिलन नेवारको रहेको छ।
पहिलो पटक आफ्नै आवाज दिएर सार्वजनिक भएको यस म्युजिक भिडियोमा रिना थापा मगर र स्वयम दिपक थापा माइथाने मगरको अभिनय निकै आकर्षक रहेको छ। मोडलिङ्गको क्षेत्रमा फरक पहिचान बनाउदै आएका थापाले चौथो पटक शब्द श्रृजना गरेको भएपनि निपुर्ण श्रजकमा हुने निखारताको गुण यस गितमा अनुभव समेत गर्न सकिने म्युजिक भिडियोको सम्पुर्ण छायांकन युकेमै गरिएको छ।
नेपाली रियालिटी शो डान्स स्टार विजेता रिना थापा मगरले करिब २ हजार भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेको अनुभवहरुको फ्युजन सहित आकर्षक अभिनय प्रस्तुत गरेका छन। माइथाने इन्टरटेन्टमेन्टबाट छैठौं म्युजिक भिडियोको रुपमा सार्वजनिक उक्त म्युजिक भिडियोमा कोरियोग्राफी समेत स्वयम दिपक थापा माइथाने मगरले गरेका छन भने एरेञ्ज राजु कार्कीको रहेको छ।
युकेको प्ल्याटफर्म स्टुडियो र किङ्गस स्टुडियो नेपालमा तयार गरिएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन। कलाकार दिपक थापा माइइथाने मगर रुपन्देही कञ्चन गाउापालिका वडा नं ४ दियो बजारका स्थायीवासी हुन। यसअघि उनले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नै शब्द श्रृजनामा आमा नामक एक म्युजिक भिडियो सार्वजनिक गरेका थिए। पछिल्लो पटक सार्वजनिक भएको म्युजिक भिडियोले पनि दर्शकहरुको मन जित्न सफल हुनेछ।