देवदह//
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहद्वारा आयोजित खेल महोत्सव सम्पन्न भएको छ। दोस्रो प्याबसन खेलकुद महोत्सवको उपाधी बुद्धपब्लिक आवशीय मा।विले उपाधी हासिल गरेको हो। बुद्धपब्लिक आवशीय माविले ९ विद्यालय सहभागी रहेकोमा सबैभन्दा धेरै २१८ अंक लाई उपाधी हासिल गरेको हो। प्रतियोगितामा एसियन लाईट स्कुलले १९८ अंक र ग्रिनप्लान्ट आवाशीय माविले १७२ अंक सहित क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका छन । त्यस्तै देवदह मदर टङ्गस एकेडेमीले १५८ अंक, सरस्वती शिक्षालयले २७, सेभेन स्टार इ।बो स्कुलले १३९, नारायणी पब्लिक हाई स्कुलले ४५, कोलियराज्य ई।बो हाईस्कुलले १० र मदरल्याण एकेडेमीले ५७ अंक प्राप्त गरेका छन्। प्रतियोगितामा विजेता बनेको बुद्धपब्लिक आवशीय माविले नगद ७ हजार सहित रनिङ शिल्डको उपाधी प्राप्त हरेको छ। दोश्रो र तेस्रो हुने एसियन लाईट र ग्रीन प्लान्टले क्रमश ५ हजार र ३ हजार र ट्रफी प्राप्त गर्नेछन्।
यसैगरी महोत्सवमा ३ विधामा खेलाडीको छुट्टाछुट्टै प्रतिस्पर्धा गराईएको थियो। सव जुनियर तर्फ ५३ अंक सहित बुद्ध पब्लिक स्कुल प्रथम , जुनियर तर्फ ६५ अंक सहित बुद्ध पब्लिक स्कुल नै प्रथम र सिनीयर तर्फ १४२ अंक सहित एशिएन लाईट बोर्डिङ स्कुल प्रथम भएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले शिक्षाको विकासमा निजि क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो। उहाले निजि विद्यालयमा पढेकै कारणले सम्बन्धित विद्यार्थीलाई आरक्षण कोटा बाट बन्चित गर्ने जुन प्रविति छ त्यो रोकिनु पर्ने बताउनुभयो।
उहाले राजनीतिक दलहरुलाई विकास निर्माणको काम भनेको बाटो, पुल पुलेसो बनाउने मात्र नभै शिक्षा, खेलकुदलाई पनि ध्यान दिन आग्रह गर्नुभयो। यस खेल महोत्सवले राष्ट्रको खेलकुदलाई अगाडि बढाउन केही हद सम्म सहयोग पुग्ने भन्दै खेल आयोजना गर्ने प्याबसन देवदहलाई धन्यवाद व्यक्त समेत गर्नुभएको थियो। कार्यक्रममै बोल्दै प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डे, प्याबसन पुर्व जिल्ला अध्यक्ष यज्ञ मुर्ती पाण्डे, जिल्ल वरिष्ठ उपाध्यक्ष एकनरायण काफ्ले, नेकपा एमाले जिल्ला सदस्य प्रकाश अर्याल, अफिसियल रेफ्री अमृत काफ्ले लगाएतले आ(आफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता , कार्यक्रम संयोजक बोधराज गौडेलको धन्यवाद ज्ञापन र सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो।