spot_img
spot_img
spot_img

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

spot_img

एजेन्सी //

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आउँदा मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ ।

सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो । प्रकाशकका अनुसार सन् १९५० को दशकमा साप्ताहिक शुकान असाहीको सर्कुलेसन १० लाख नाघेको थियो तर गएको डिसेम्बरमा पत्रिकाको ७४ हजार एक सय २५ प्रतिमात्र बिक्री भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img