spot_img
spot_img
spot_img

अबको यात्रा सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण : मुख्यमन्त्री लिला गिरी

spot_img

रुपन्देही //

लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले राजनैतिक क्रान्ति सफल भएको र अब मुलुक समाजिक न्यायमा आधारित आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभएको छ । रुपन्देहीको तिलोतमा ४ मा रहेको जनज्योति माविको ५५ओैं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथिको रहनुभएका गिरीले सम्पूर्ण नागरिकको भुमिका महत्त्वपूर्ण रहनुका साथै मुलुकको समृद्धिका लागि सामुदायिक विद्यालयहरुको शैक्षिक कार्यक्रम र कार्यरत शिक्षक तथा कर्मचारीहरुले पेसागत ईमानदारीता, जवाफदेहिता , विश्वसनीयतालाई गुमाउन नहुने र यसका लागि हरपल कोशिस गरिरहनु पर्नेमा जोड दिनुभएको छ ।

पछिल्लो समयमा शैक्षिक जनशक्ति विदेश पलायन बढ्दो क्रममा रहेकोले यसलाई निरुत्साहित गर्नका लागि अब हाम्रा पाठ्यक्रमहरु पढ्दै कमाउदै तर्फ केन्द्रीकृत हुनुपर्ने र यसो भएमा मात्रै नेपालले विश्वव्यापीकरणको फाईदा लिन सक्ने उल्लेख गर्नुभयो । आफुले कुनै समयमा शिक्षण समेत गरेको विद्यालयको ५५ ओैं वार्षिकोत्सब समारोहमा उपस्थित हुन पाउँदा खुसी लागेको उनले बताउदै विद्यालयको आगामी कार्यक्रममा सक्रिय सहयोग पुराउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img