spot_img
spot_img
spot_img

देवदह ५ को प्रारम्भिक योजना निर्माण सुरु

spot_img

देवदह //

देवदह नगरपालिका वडा न ५ ले ५ बर्षे रणनीतिक योजना निर्माण सुरु गरेको छ। आज एक कार्यक्रममा बिच योजना निर्माण समिती, टोल बिकासका अध्यक्ष र पदाधिकारीहरु, विभिन्न विषय र क्षेत्रगत प्रतिनिधिहरु, वडा जनप्रतिनिधि सहितको संयुक्त भेलाले प्रारम्भिक योजनाको खाका तयार पारेको हो। आर्थिक विकास , पुर्वाधार विकास, सामाजिक विकास, वन तथा वातावरण गरि चार विषय छुटाएर आगामी ५ बर्षका वडाका योजना लक्ष्य गन्तव्य बजेट, बजेटको स्रोत लगायतका विषयमा समुहगत रुपमा छलफल गरि प्ररम्भिक योजना निर्माण गरेको हो। जसमा शिक्षा स्वास्थ सामाजिक बिकास समुहको नेतृत्व राम बहादुर गुरुङ आर्थिक बिकास तर्फ रमेशकुमार पोखरेलको समूह, भौतिक पुर्वधार तर्फ डिल्लीराम सापकोटाको समुह र वन तथा वातावरण तर्फ हरि पौडेलको समुहले प्रस्तुतीकरण गरि सामुहिक छलफल गरि निचोड निकालिएको थियो।

उक्त प्रारम्भिक योजना माथी रणनीतिक योजना निर्माण मुल समिती प्रकाश अर्याल, सुवकान्त न्यौपाने, गोबिन्द ठडराइ, राम बहादुर गुरुङ, निर्मल ढुंगाना, बिष्णुप्रसाद ज्ञवाली, डिल्लीराम सापकोटा, अन्जु श्रेष्ठ र दुर्गा प्रसाद बश्याल सहितको टोलिले थप छलफल गरि सबैको सुझाव मनन गरि पारित गर्ने वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिनुभयो। वडाका दीर्घकालीन महत्त्व र गौरवका योजना, बिकास पुर्वधार लगायत सबै विषयमा खुल्ला रुपमा सुझाव दिन देवदहबासीलाई देवदह ५ ले अनुरोध गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img