spot_img
spot_img
spot_img

भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो

spot_img

एजेन्सी //
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ । समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।

सन् १९५० मा भारतको संविधान लागू भएको थियो । कार्यक्रमको शिलशिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए । कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रङ्गीचङ्गी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img