एजेन्सी //
प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ। यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो । फ्रान्स एश्योरर्सकी अध्यक्ष फ्लोरेन्स लस्टम्यानले गत वर्ष आएको असिना, बाढी र खडेरीलाई उद्धृत गर्दै युरोप–१ रेडियोसँग भनिन्, “यो वर्ष विपत्तिका कारण इन्सोरेन्स कम्पनीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ। प्राकृतिक प्रकोपका कारण बिमा उद्योगले सन् २०१७ देखि सन् २०२१ को बीचमा प्रति वर्ष औसतमा ३।५ अर्ब युरो खर्च गर्नुपरेको उनले बताइन।
सन् १९९९ मा फ्रान्समा आएको आँधीबेहरीपछि सन् २०२२ को यो आँकडा सबैभन्दा बढी हो । विमा महासंघले आगामी ३० वर्षमा प्राकृतिक प्रकोपबाट प्राप्त हुने रकम १४० अर्ब युरोभन्दा बढी क्षति हुने बताएको छ ।पुनर्बीमा कम्पनी ‘स्वीस रि’ले गत डिसेम्बरमा प्राकृतिक र मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा विश्वभर २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको थियो ।