spot_img
spot_img
spot_img

स्वास्थ्य बीमा बोर्ड र देवदह नगर अस्पताल बीच सम्झौता

spot_img

 देवदह //

देवदह नगरपालिकामा रहेको देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ।स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो। नगर प्रमुख ध्रुव खरेलसहितको टोली बिहीबार काठमाडौंस्थित बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।

नगरपालिकाले गत असोज १० गते १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले बताए ।

बीमा कार्यक्रम लागु भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरीका औषधि निःशुल्क पाउने छन् । यसवाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटि स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ । नगर अस्पतालले बीमितको क्रियाशील अवधिभित्र नियमावलीमा उल्लेख भए बमोजिमको सुविधा थैली अन्तर्गतका सेवा प्रदान गर्नुपर्ने, उपचार सेवा दिँदा राष्ट्रिय उपचार संहिता ९प्रोटोकल० को अनुसरण गर्नु पर्ने, दावी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत गर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्नेछ । सम्झौताको अबधि पाँच वर्षको हुनेछ ।

५ वर्षभित्र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउनसबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको नगर प्रमुख खरेलले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरेका छन् ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए । नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन कार्यरत छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img