सैनामैना, विनोद केसी//
रुपन्देहीको सैनामैना -२ रानिवगैचामा अवस्थित लिटल वर्डस् इङ्गलिस स्कुलमा बुधवार एक कार्यक्रमका बीच रोटरी क्लबको मातहतको प्रतिक्षा बुढाथोकीको नेतृत्वमा १५ सदस्यीय इन्ट्र्याक्ट क्बल अफ लिटल वर्डस गठन भएको छ । रोटरी क्लब अफ सैनामैनाका पूर्व अध्यक्ष तथा प्रमुख अतिथि रोट्रीयन मिन प्रसाद पौडेलले नव गठित इन्ट्र्याक्ट क्लबका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै स्वार्थभन्दा माथि सेवा भन्ने रोटरीको मूल मर्म अनुसार काम गर्न सुझाव दिनुभयो ।
उहाँले इन्ट्र्याक्ट क्लबले आफ्नै विद्यालयमा थुप्रै उदाहरणीय कार्य गर्न सक्ने जानकारी गराउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवंम् पूर्व अध्यक्ष रोटरीयन प्रेम कुमार शर्माले रोटरी क्लब आजभन्दा ११७ वर्षअघि पउल ह्यारीषले मानवता प्रदर्शन गर्न तथा एक अर्काप्रति सहयोग आदान प्रदान गर्न स्थापित गरेको कुरा स्मरण गराउनु भयो । उहाँले इन्ट्र्याक्ट क्लब गठन गर्नाले विद्यार्थीमा अनुशासनको थप विकास हुने समेत जानकारी दिनुभयो।
उक्त कार्यक्रम रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष रोट्रीयन कृष्ण कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिटल वर्डस इङ्लिस स्कूलका प्रधानाध्यापक श्रवण कुमार गौतमको विशिष्ट आतिथ्यता, भाइस प्रेसिडेन्ट रोट्रीयनद्वय देविदत्त सुवेदी तथा चन्द्रकान्त पाण्डे, जोइन्ट टेजरर रोट्रीयन उदय खनाल लगायतको आतित्यतामा रहेको थियो।
कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष रोट्रीयन कृष्ण कुँवरले इन्ट्र्याक्ट क्लब गठन गर्नुको उद्देश्माथि प्रकाश पार्नुभएको थियो । नोमिनी प्रसिडेन्ट रोट्रीयन पिताम्बर न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सैनामैनाका सेक्रेटरी रोट्रीयन भिम सुवेदीले गर्नुभएको थियो।




