बुटवल //
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पसको २५ औं सम्मेलनबाट योगेन्द्र रायमाझिको अध्यक्षतामा ४१ सदस्यीय नयां नेतृत्व चयन भएको छ । क्याम्पस कमिटीको उपाध्यक्षमा समिर आचार्य, राम घिमिरे, प्रतिक ज्ञवाली र सचिबमा दिपक पाण्डे चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह सचिवमा आशिष अर्याल, प्रकृति गौतम र यज्ञश्वर पाण्डे चयन भएका छन् । क्याम्पस कमिटीको २५ औं सम्मेलनको उद्घाटन गर्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीले विद्यार्थीको हक हितका लागि अनेरास्ववियुले महत्वपुर्ण भुमिका खेल्दै आएको र त्यो विरासत कायम राख्नुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका जिल्ला अध्यक्ष के।सी।ले आगामी चैत्रमा हुने स्ववियु निर्वाचनमा अनेरास्वयिुको विजयी सुनिश्चित गर्ने गरी क्याम्पसमा आफ्ना गतिविधि नियमित रुपले सञ्चालन गर्न निर्देशन गर्नुभएको थियो ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले क्याम्पस कमिटीको सम्मेलन औपचारिकता पुरा गर्न, एकोहोरो आफ्ना कुरा सुनाउन, औपचारिकता पुरा गर्न, कुनै चमत्कार र झिलिमिली देखाउन नभएर क्याम्पसका देखिएका समस्याका विषयमा गहिरो ढंगले छलफल गरी निष्कर्ष निकाल्न आयोजना गरिएको बताउनुभएको थियो । वहाँले सम्मेलन अत्यन्तै महत्वपूर्ण भएर आयोजना गरिने हुँदा विगत कार्यकालको समिक्षा र आगामी दिनमा गर्ने कामको योजना बनाउन आयोजना गरिने बताउनुभएको थियो । वहाँले क्याम्पसमा विभिन्न संगठनले विगत लामो समयदेखि लगाएको तालाको कुनै औचित्य नभएको र त्यस प्रकारको गतिविधि अनेरास्ववियुलाई स्वीकार्य नभएको बताउनुभएको थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य लेखनाथ खनाल, साजन भण्डारी, अनेरास्वबियु रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, रुपन्देही जिल्ला उपाध्यक्ष रमेश ढकाल, जिल्ला सचिब प्रकाश पराजुली जिल्ला सदस्य बिजय कार्कि अनेरास्वबियुका नेता दिपक चापागाई लगायतले बोल्दै अनेरास्ववियु बिद्यार्थीहरुको हक हितका निम्ती निरन्तर काम गर्ने सस्था भएको हुंदा अनेरास्ववियुको आन्दोलनले देशमा धेरै परिबर्तन भएको बताउनुभएको थियो । कार्यक्रम निरज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।