रुपन्देही//
रोटरी क्लब अफ रुपन्देही र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही बीच आगामी कार्यक्रममा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ । दुबै क्लबको रुपन्देहीको मणिग्राममा आज संयुक्त बैठक बसेको थियो । बैठकमा दुबै पक्षले एक अर्काका कार्यक्रममा सहकार्य र सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा रोटरी क्लब तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आफ्नो क्लबले अगाडि बढाएको ग्लोबल ग्रान्ट अन्तर्गत अटिजम सम्बन्धी कार्यक्रममा सहकार्यको प्रस्ताव गर्नुभएको थियो।
रोटरी क्लब रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीले सहकार्य गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा रोटरी तिलोत्तमा रुपन्देहीका एजी राजु खरेलले सहकार्य गर्दा कार्यक्रमको प्रभावकारीता बढ्ने उल्लेख गर्नुभयो ।
रोटरी रुपन्देहीका एजी राजुदेबी खनालले कार्यक्रमलाई सफल पार्न आँफूहरुको तहबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा रोटरी रुपन्देहीका इमिडेट पास्ट प्रेसिडेन्ट रामप्रसाद खरेल, सचिव थानेश्वर चापागाँइ, रोटरी तिलोत्तमा रुपन्देहीका मेम्बरसिप चेयर देबीलाल भट्राई, सचिव शंकर पाण्डे लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो ।