spot_img
spot_img
spot_img

बुटवलको मकालु होमियो उपचार केन्द्रले कञ्चनबाट सेवा दिने

spot_img

कञ्चन//

बिगत केहीबर्ष देखि बुटवलबाट सेवा दिदै आएको मकालु स्वास्थ्य उपचार केन्द्र आज शनिवारदेखि कन्चन गाँउपालिका वडा न १ लौसाबाट सेवा दिने भएको छ। चाईनिज अकुपन्चर फिजियोथेरापि आयुर्वेद हर्बेल होमियोप्याथिक चिकित्सा प्राकृतिक उपचार विधिबाट उपचार सेवा पददै आएको सो मकालु स्वास्थ्य उपचार केन्द्रको कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको लौसामा शुभारम्भ गर्नुभयो।

उपचार केन्द्रको शुभारम्भ गर्दै अध्यक्ष ढकालले होमियो प्राकृतिक चिकित्सा प्राकृतिक उपचारमा आधारित स्वास्थ्य सेवा भएकोले अहिलेको अवस्थामा निकै आवस्यक रहेको बताउनु भयो। होमियोप्याथिक उपचार र त्यसको औषधी सेवनबाट शरीरमा कुनै नकरात्मक असर नपर्ने भएकोले कुनैपनि बिरामी भएका व्यक्तिहरुले होमियोप्याथिक उपचार पद्धतीबाट उपचार गर्नका लागि गाउ गाउमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष हरिनारायण चौधरी, वडा नं २ का वडाअध्यक्ष टेक बहादुर गुरुंग, कार्यपालिका सदस्य चित्र तुलाचन लगायत स्थानीय लगायत सेवाग्राहीहरुको उपस्थितिमा शुभारम्भ भएको उपचार केन्द्रले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ सञ्चालन गरिएको मकालु स्वास्थ्य उपचार केन्द्रका सञ्चालक राजु थापाले जानकारी दिनुभयो। नयाँ पुरानो रोगको सफल उपचार गर्दै आएको उपचार केन्द्रमा दैनिक महिला तथा पुरुष चिकित्सक कर्मिबाट सेवा दिने र समय समयमा बरिस्ठ चिकित्सकहरुबाट सेवा दिइने सो केन्द्रकी सहायक चिकित्सक जुना थापाले जानकारी दिनुभयो। उपचार केन्द्रको शुभारम्भको अवसरमा चिकितस लालबाबु महतो सहितको चिकित्सक टोलीले २६ जना पुरुष १४ जना महिला गरी ४० जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img