काठमाडौं//
रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उहाँले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । सर्वोच्चको सोआदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको हो ।