spot_img
spot_img
spot_img

ओडिशाका स्वास्थ्यमन्त्रीमाथि घातक हमला

spot_img

एजेन्सी//

ओडिशाका स्वास्थ्यमन्त्री नब किशोर दासमाथि आइतबार घातक हमला भएको छ । समाचार एजेन्सी पिटिआईले प्रहरीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो हमला झारसुगुडा जिल्लामा भएको बताएको छ । एएनआईका अनुसार जिल्लाको ब्रजराजनगर नजिकै केही अज्ञात व्यक्तिले दासमाथि गोली हाने जसमा उनी गम्भीर रुपमा घाइते भए ।

यो घटना त्यतिबेला भयो जब नब किशोर दास ब्रजराजनगरको गान्धी चोकमा आयोजित एक कार्यक्रममा समावेश हुन जाँदै थिए । गोली लागेपछि दासलाई अस्पताल भर्ना गरिएको छ । हालसम्म उनको हमलाको कारण पत्ता लाग्न सकेको छैन । यो हमलापछि इलाकामा तनावको स्थिति पैदा भएको छ । बिजू जनता दलका वरिष्ठ नेता दास झारसुगुडा विधानसभा सिटबाट २००९ देखि सांसद छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img