spot_img
spot_img
spot_img

पाकिस्तानमा ६.३ तीव्रताको शक्तिशाली भूकम्प

spot_img

एजेन्सी //

पाकिस्तानको इस्लामाबादमा भूकम्पको तीव्र झट्का महसुस भएको छ । यो भूकम्पको तीव्रता ६।३ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः५४ मा गएको हो । पाकिस्तानी मौसम विभागका अनुसार भूकम्पको गहिराई १५० किलोमिटर मापन गरिएको थियो जसको केन्द्र ताजिकिस्तान रहेको थियो ।

पाकिस्तानी तथा भारतीय मिडियाले भूकम्पको म्याग्नेच्युड ६.३ भने पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले ३२।४ किलोमिटर गहिराइमा गएको भूकम्प ४।४ म्याग्निच्युड रहेको जनाएको छ। स्मरण रहोस्, अघिल्लो वर्ष २२ जूनमा अफगानिस्तान र पाकिस्तानमा ६.१ तीव्रताको भूकम्प महसुस गरिएको थियो। पाकिस्तानी मिडियाका अनुसार भूकम्पको झट्का इस्लामाबादसमेत अन्य सहरमा पनि महसुस भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img