गुल्मी, कौरब खत्री//
बाग्लुङको तमानखोला गाउँपालिकाको बालगृहका बालवालिकाहरुलाई ओड्ने र विछ्याउने कपडा हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका निवासी हाल अमेरीकामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी तथा शिक्षाप्रेमी डिल्लीराम कंडेल र लिलाधर कंडेलले १६ वटा बलाङकेट र ३१ वटा बेड सिट कपडा हस्तान्तरण गर्नु भएको हो । साथै तमानखोला गाँउपालिकामा विभिन्न कारणले अभिभावक गुमाएका राम्रो हेरचाह नपाएका तथा आर्थिक अवस्था कमजोर र अभावले पढाईबाट वञ्चित हुन पुगेका ३१ जना बालवालिकाहरुलाई बालगृहमा राखिएको तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
तमानखोला गाउँपालिका वडा नं। ३ तमानमा सञ्चालन गरिएको बालगृहका बालवालिकाहरुले नजिकको धन गौज्योती माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेका गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो । साथै बालबालिकाहरुलाई बालगहृ मार्फत कक्षा १२ सम्म निःशुल्क पठनपाठनसँगै खानापान, आवास, स्वास्थ्य परीक्षण, लत्ताकपडा सहितको व्यवस्था मिलाइएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो । बालगृह सञ्चालनको लागि तमानखोला विकास कोष मार्फत आर्थिक संकलन गरेर बाल गृह सञ्चालन गरिएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।