भैरहवा//
रुपन्देहीको रोहिणी गाँउपालिकामा महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षाका लागी अत्याधुनिक सीसी क्यामरा जडान गरिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाले अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न सुरु गरेको हो ।
सेवाप्रदायक कार्यालयहरुमा सुशासन र पारदर्शीताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुरुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??