spot_img
spot_img
spot_img

वृद्धभत्ताको रकम नदिएको भन्दै आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

spot_img

कैलाली//

कैलालीमा आफ्नै छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । गत सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई बृद्धाभत्ता नदिएको भन्दै घरमै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ । वृद्धभत्ताको रकम नदिएपछि आमालाई श्रीरामले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीदेवीको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । श्रीराम थारुलाई पक्राउ गरी प्रहरीले आवश्यक अनसुन्धान अगाडी बढाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img