काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने नलिने भएकी छन्। अवकाश भएपछि राष्ट्रपति भण्डारी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा रहेको आफ्नै निजी निवासमा सर्ने योजना रहेको जनाईएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा रहेको घर उहाँले २० वर्षअघि खरिद गर्नु भएको थियो ।
राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालका अनुसार ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले पत्र पठाइएको थियो। राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन।’राष्ट्रपति भण्डारी पनि अवकाशपछि सरकारी आवास सुविधा नलिने पक्षमा रहनु भएको उहाँले जानकारी दिनुभयो।